चितवनः पबित्र तिर्थस्थल देवघाट धाममा सुरक्षा दिएर फर्कदै गरेको नेपाल प्रहरीको गाडी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाईते भएका छन् । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत प्रहरी जवान सञ्जीब केसी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार तनहुँ जिल्लाको देवघाट गाउँपालिका वडा नम्बर ५ दाशढुङ्गा मा दिउँसो ४ः३० वजे बा १ ग २११८ नम्बरको ट्रक दुर्घटनामा परेको हो । घाईते हरु मध्ये २६ जनाको पुरानो मेडीकल कलेजमा र ४ जनाको चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ । घाईते केसीको उपचारका लागिे क्रममा पुरानो मेडीकल कलेजमा मृत्यु भएको हो ।
घाईतेहरु मध्ये चार जनाको अबस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक एकनारायण कोईरालाले जानकारी दिनुभयो । देवघाटको तनहुँ तर्फ सुरक्षा दिएर जिल्ला प्रहरी कार्यालय तनहुँ फर्कदै गरेको गाडी दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस !