
चितवनः पूर्ब पश्चिम राजमार्ग अन्तर्गत खैरहनी नगरपालिका वडा नम्बर १ ज्यामीरेमा आज दिउँसो साईकललाई जोगाउन खोज्दा यात्रुवाहक बस पल्टिएको छ । लोथरबाट नारायणगढ तर्फ आउँदै गरेको बा ४ ख १३७० नम्बरको बसले साईकल यात्रीलाई जोगाउँन खोज्दा आँफै अनियन्त्रीत भई सडकबाट २० मिटर तल नालिमा पल्टिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार दुर्घटनामा परि १० जना घाईते भएका छन् । उनीहरु मध्ये दुई जनाको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । साईलमा सवार २ जना र बसमा सवार ८ जना घाईते भएका हुन् । घाईते सबै जनाको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घाईते हुनेहरुमा नामथर ठेगाना नखुलेका एक पुरुष, चितवनको खैरहनी नगरपालिका वडा नम्बर १ बस्ने २७ बर्षीया सुमना चौधरी, वडा नम्बर ३ बस्ने ६० बर्षका गोपाल भण्डारी, राप्ती नगरपालिका वडा नम्बर ४ बस्ने २०बर्षीया सरस्वती तामाङ, २१ वर्षीया सजिना तगामाङ, १९ बर्षीया रजिना तामाङ, वडा नम्बर २ बस्ने २४ बर्षिया पार्वती राई, वडा नम्बर ५ बस्ने ४५ बर्षिया दिलमांया बि.क., ५० बर्षिय भिम बहादुर बि.क.र मकवानपुर हेटौंडा बस्ने ३० वर्षिय बिसाल सुनार रहेका छन् ।