चितवनः उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले आन्तरिक लगानीलाई आकर्षीत नगरे सम्म मुलुकले आर्थिक सम्बृद्धि हाँसिल गर्न नसक्ने बताउनुभएको छ । उद्योग वाणिज्य संघ चितवनको ५३ औं साधारण सभा एवं अबिधेशनको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले आन्तरिक लगानीलाई आर्षीत र व्यवस्थापन नगरिकन बाह्य लगानी जति ल्याए पनि त्यो मुलुकले सम्बृद्धि हाँसिल गर्न नसक्ने बताउनुभयो ।
स्वदेशी उद्योगी व्यवसायीलाई बढिभन्दा बढि लगानीमा आकर्षीत र व्यवस्थापन गर्न सक्नु पर्ने भन्दै उहाँले त्यस पछि मात्र बाह्य लगानीको कुरा गर्नु पर्नेमा जोड दिनुभयो । बाह्य लगानी आउने तिर आकर्षण बढेको भन्दै उहाँले लगानीको सुरक्षामा सरकार प्रतिवध रहेको पनी बताउनुभयो ।
देशको औद्योगिक नीति कस्तो बनाउने भन्ने बारेमा उद्योगी व्यवसायीहरुका संघ संस्थाका पदाधिकारीहरुलाई एक मत भएर आउन आँफुले आव्हान गरेको भन्दै मन्त्री भट्टले अहिलेको सापेक्षतामा कानुन नभए संसोधन गरेर सहजिकरण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “एक मत भएर आउनुस्, अहिलेको सापेक्षतामा कानुन छैन भने हामी संसोधन गछौ ।” निजी लगानीको अनुकुल नभए परिमार्जन र नयाँ बनाउन सकीने भन्दै त्यो खालको कार्यबिधि बनाउन आँफु तयार रहेको उहाँको भनाई थियो ।
सरकार र निजी क्षेत्रमा देखिएका कमि कम्जोरी दुबै क्षेत्रले सच्याउनु पर्छ भन्दै उहाँले भन्नुभयो“उद्योगी व्यवसायीको देश बनाउन र बिकासमा महमत्वपूर्ण भूमिका छ तर कहिन कहि कमि कम्जोरी छ । आँफु भित्रका कमि कम्जोरीलाई समिक्षा गरौं ।” “राज्यको कमिकम्जोरी कहाँनेर छन् हामी सच्याउँछौ” उहाँले थप्नुभयो । मन्त्री भट्टले देशको सबै ठाउँको बिकास हुनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य गिता वाग्ले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यम बहादुर परियार, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष राजन गौतम, ध्रुर्मुश शुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल, उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान लगाएतले बोल्नु भएको थियो ।
सो अवसरमा उत्कृष्ठ आर्थिक पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका चितवन समाचारदाता रमेश कुमार पौडेललाई पुरस्कृत गरिएको थियो । पौडेलले दुई दशक यता चितवनमा रहेर पत्रकारिता गर्दै आउनु भएको छ । उहाँलाई रु ५१ हजार राषिको पुरस्कार प्रदान गरिएको हो । सोही अवसरमा रु १ लाखको हिरालाल सन्तुदेबी प्रधान युवा उद्यमी पुरस्कार राईनो वाटर ईन्टरटेण्टमेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कंडेललाई प्रदान गरिएको थियो ।
अबिधेशनले मंगलबार नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्ष पदका लागि नारायणगढका ज्ञानेन्द्रमान शाक्य र राजु श्रेष्ठको उम्मेदवारी परेको छ । संघमा जिल्लाभरका ३ हजार ७ सय ८२ सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !