चितवन : चितवन उद्योग वाणिज्य संघ चितवनको भोलि हुन गईरहेको निर्वाचन नजिकिँदै गर्दा व्यवसायीहरुले अध्यक्ष पदका उम्मेदवार ज्ञानेन्द्रमान शाक्यलाइृ बिश्वास गर्न थालेका छन् ।
चुनावी प्रचारका लागि मतदाताहरु सम्म पुग्दा शाक्यलाई उनिहरुले भरोषाको व्यक्ती भन्दै मत दिने बताएका हुन् । उनले चुनावका बेला मात्र मत माग्न आउने भन्दा पनि व्यवसायीहको हकहितका लागि लडिरहने व्यक्तीनै अध्यक्षका लागि उपर्युक्त हुने बताए ।
यसैबिच अध्यक्ष पदका उम्मेदवार ज्ञानेन्द्रमान शाक्यको पक्षमा महोल बढेको छ । शाक्यले चुनावी दौरान मतदाताहरुको घर घर पुग्दा आफ्नो पक्षमा व्यवापक जनलहर आउको बताए । उनले व्यवसायीहरु ले आफुप्रति भरोषा गरेको उल्लेख गरे ।
शाक्यले चितवनका ब्यवसाय प्रवद्र्धनका गराउनका लागि आफ्ना एजेण्डाहरु पनि प्रस्तुत गरेका छन् । चितवनको भरतपुरमा सोमबार बिहान पत्रकारहरु संग कुरा गर्दे शाक्यले आफ्ना एजेण्डा अघि सारेका हुन् । उनले व्यवसायीहरु करको मारमा परेको भन्दै कर घटाउनु आफ्नो मुख्य एजेण्डा भएको बताए । शाक्यले भने,“व्यवसायीहरु दोहोरो तेहोरो करको मारमा छन् । करकै कारण कतिपय व्यवसायी बिस्थापित हुन थालेका छन् । म यो कर घटाउन आबश्यक पहल गर्छु ।” शाक्यले थपे,“उद्योग वाणिज्य संघले समन्वय गरेर अघि बढे कर घटाउन सकिन्छ । ”
उनले स्थानीय सरकारले हाल लगाएको कर व्यवसायीहरुमाथी लादिएको कर कुनै पनि दृष्टीकोणबाट उपर्युक्त नदेखिने बताए । उनले यस्तो कर निति हटाउन आफ् पहल हुने योजना सुनाए । उनले व्यवसायमा गरिएको लगानीको सुरक्षालाई प्राथमिकतामा राखेका छन् । ब्यवसायी सुरक्षित हुन नसकेको भन्दै उनले कसैले पनि ठोस काम गर्न नसकेको बताए । उनले आफुले काम गरेर देखाउने योजना सुनाए । ब्यवसायीको हक , हित र सुरक्षाको लागी उनले काम गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाध रुपमा र सहज रुपमा ब्यवसाय संचालन गर्न पाउनुपर्ने र शान्ति सुरक्षाको पूर्व ग्यारेण्टी हुनुपर्ने उनको योजना छ ।
नारायणगढ बजार क्षेत्रमा स्मार्ट सिटिको नाममा फुटपाथमा स–सानो ब्यसायमा जिविकोपार्जन गर्ने साना ब्यवसायीहरुलाई खेदिएको उनले आरोप लगाएका छन् । त्यस्ता ब्यवसायीहरुप्रति उचित ब्यवस्थापन र निर्वाध ब्यवसाय गर्ने वातावरण मिलाउने बताएका छन । शाक्यले भने ‘ म करलाई ब्यवहारिक बनाएर ब्यवसाय गर्ने वातावरण बनाउछु ’ शाक्यले भने ’ ब्यवसायीहरुलाई शान्ति सुरक्षा दि, फुटपाथ ब्यवसायको ब्यवस्थापन मेरो योजनामा छ ’ ।
पौष २९ गते हुने अधिवेशनका लागी उम्मेदवार भएका शाक्य मध्यमार्गी धारका रुपमा चिनिएका छन । उनका प्रतिष्पर्धी राजु श्रेष्ठ नेकपा निकट मानिन्छन् । उनी रेनु दाहाल निकटका हुन । पछिल्लो समय महानगर प्रमुख दाहालका कारण स्थानिय तह र निमार्ण ब्यवसायी संघमा समेत नेकपाले हार वेहोरेको थियो ।
शाक्यले उठान गरेका मुद्धाहरुमध्ये अहिले बजार क्षेत्रमा निषेध गरिएको अटो चलाउन पाउनुपर्ने माग छ । बजार क्षेत्रमा अटोरिक्सा संचालनमा समस्या भएको कारण ब्यवसायमा ठुलो धक्का पुगेको भन्दै अटोको ब्यवस्थित संचालनको लागी उनले योजना तयार गरेका छन् । अटो रिक्सालार्ई ब्यवस्थापनमा गर्न नसक्दा विस्थापित हुन लागेको भन्दै आफुले कार्ययोजना तयार गरेको उनको भनाई छ । शाक्य उद्योग वाणिज्य संघ चितवनको स्थापनाकाल देखिकै सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस !