
चितवनः पश्चिम चितवनको रामपुरमा निर्माण थालिएको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ धान्याञ्चल महायज्ञ गरिने भएको छ । महायज्ञ सम्पन्न गर्न प्रदेश सभा सदस्य बिजय सुबेदीको संयोजकत्वमा एक हजार एक सय एघार सदस्यीय मूल समिति गठन गरिएको छ ।
समितिका संयोजक सुबेदीका अनुसार यहि माघ १९ गते देखि २६ गते सम्म महायज्ञ गरिदैं छ । महायज्ञबाट रंगशाला निर्माणका लागि रु ५० करोड संकलन गर्ने लक्ष्य राखिएको छ । मूल समितिका महासचिब दिनेश कुमार चुकेका अनुसार महायज्ञ सम्पन्न गर्न सह संयोजकका रुपमा तीन जना प्रदेश सभा सदस्य रहने गरि बिभिन्न उप समितिहरु निर्माण गरिएको छ ।
महायज्ञमा मूल बाचकका रुपमा पण्डीत दिनबन्धु पोख्रेल रहनुहुने उहाँले जानकारी दिनुभयो । देशकै ऐतिहासीक धनधान्याञ्चल महोत्सबका रुपमा यसलाई तयारी गरिएको चुकेको भनाई छ । रंगशाला निर्माण स्थलमानै महायज्ञ गरिदैं छ । पछिल्लो समय रंगशाला निर्माणको काम तिब्र गतिमा अघि वढाईएको छ । सहयोग जुट्ने क्रम समेत निरन्तर रुपमा अघि वढेको छ ।
धुर्मश सुन्तली फाउण्डेसनका अध्यक्ष सितारम कट्टेलले मंसिर पहिलो साता यता कामले निरन्तरता पाएको बताउनुभयो । हाल ३ सय ४३ जना कामदारहरुले नियमीत काम गरिरहेको उहाँले जानकारी दिनुभयो । मैदान निर्माणका लागि अन्तर्राष्ट्रिय स्तरका बिज्ञ संग सम्झौता गरिदैं छ ।
रंगशालाको आकार आउने गरि काम अघि बढेको छ । मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भईरहेको छ ।
रंगशालामा नमुना खेल मैदान निर्माण गरि मैत्रीपूर्ण खेलहरु समेत भईरहेका छन् । ५० ओभरका तीनवटा पिच तयार भएर तीनै खेलमैदानमा खेल भएका हुन । रंगशला सम्पन्न हुँदै गर्दा सो ठाउँ पार्कीङ् हुने छ ।
रंगशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरि नक्साङ्कन गरिएको छ । रंगशालाको बिभिन्न कक्षहरुलाई जिल्लाबाट नामाकरण गरिएको उहाँले जानकारी दिनुभयो । रंगशाला सम्पन्न गर्न रु २ अर्ब ५० करोड खर्च हुने अनुमान छ । यद्यपि श्रमदान र अन्य सामाग्रीहरुको सहयोग भएमा त्यती खर्च नलाग्ने अनुमान छ ।
भरतपुर महानगरपालिका वडा नम्वर १५ मा रंगशाला निर्माण हुँदै छ । धुर्मश सुन्तली फाउण्डेसनको अगुवाईमा काम भईरहेको छ ।