चितवनः नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोईरालाले सभापति शेरवहादुर देउवामा पार्टी संञ्चालनको योजना नहुँदा समस्या आएको बताउनु भएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्नुहुँदै उहाँले आगामी महाधिबेशनबाट नेतृत्व परिवर्तन हुने बताउनु भयो ।
उहाँले भन्नुभयो “म चार वर्ष सम्म चुप लागेर वसेको हुँ । पार्टी संञ्चालनका लागि कुनै नयाँ योजना आउँछन्की भनेर तर आएन । अवको महाधिबेशनले अहिलेको नेतृत्व परिबर्तन गर्छ ।” सुरुमानै पार्टी नेतृत्वको बिरोध गर्दा पार्टीनै बिभाजन हुने भएकाले समय कुरेर वसेको उहाँको भनाई थियो । अहिले सम्म संगठन बिस्तार, बिभाग गठन, पार्टी संञ्चालन प्रकृयामा कुनै स्पष्ट खाका आउन सकेको छैन कोईरालाले थप्नुभयो ।
सभापति प्रति कडा रुपमा प्रस्तुत वन्नु भएका महामन्त्री कोईरालाले अवका दिनमा काङ्ग्रेसले के गर्दा देश उन्नती तर्फ जान्छ भन्ने सोच्नु पर्ने वताउनुभयो । सरकारले पनि केहीगर्न नसक्ने र प्रतिपक्षले पनि केही नगर्दा जनता निरासमा परेको उहाँको भनाई थियो ।
महामन्त्री कोईरालाले भन्नुभयो “सभापतिहरुको भेला हामीलेनै बोलाएको हो । बरिष्ठ नेता र महामन्त्रीको हैसियतले वोलाएको हो ।”
पार्टीले पुष ११ गते गरेको निर्णय सच्चिने उहाँले बताउनुभयो । टेक्निकल रुपमा पार्टी भित्र हामीले वहिस्कार गरेपछि सभापतिजी केही नरम हुनु भएको छ उहाँले भन्नुभयो । उहाँले भन्नुभयो “सभापतिले पनि जुन धारा आँफुले निलम्बन गरीएको छ ति फुक्याउने छु भन्नुभएको छ ।” यो सचिन्छ भन्नेमा म छु उहाँले बताउनुभयो ।