चितवन : पश्चिम चितवनको रामपुरमा निर्माण थालिएको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग पुर्याउन ठेला पसल संञ्चालनमा ल्याईएको छ । रंगशालाको अबलोकन गर्न आउनेहरुलाई लक्षित गरि ठेला पसल संञ्चालनमा ल्याईएको हो ।
धुर्मश सुन्तली फाउण्डेसनका अध्यक्ष सितारम कट्टेलका अनुसार ठेलामा फलफूल, बदाम, पानी लगाएतका बस्तु बेच्न सुरु गरिएको छ ।केही दिनमानै मःम, चाउमीन, चना जस्ता खाद्यबस्तु बिक्रि गरिने उहाँले जानकारी दिनुभयो । आईतबारबाट ठेला पसल संञ्चालनमा ल्याईएको हो ।
पहिलो दिन सुरुवात भएको भए पनि सोमबार भने रु ३ हजार ३ सय बचत भएको उहाँले बताउनुभयो । क्रमश व्यापार वढ्दै जाने अपेक्षा गरिएको छ । रंगशाला निर्माण सहयोगार्थ भएकाले घुम्न आउनेहरु धेर थोर किनेर सहयोग गर्न सुरु गरेका छन् । रंगशाला भित्र भ्यू टावरबाट हेर्नका लागि रु २० को टिकट काट्ने गरिएको छ । एकै दिन २ हजार दुई सय सम्मले टिकट काटेर रंगशालाको अवलोकन गरेको कट्टेलले बताउनु भयो ।
विभिन्न जिल्लाबाट भ्रमणका लागि चितवन आएका र यस जिल्ला हुँदै अन्यत्र जिल्ला जाने बिद्यालयका बिद्यार्थी देखि सहकारी, आमा समुह, टोल बिकास समिति लगाएतका संघ संस्थाका भ्रमण टोलीको प्रमुख गन्तव्य रंगशाला बन्ने गरेको छ ।
रंगशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरि नक्साङ्कन गरिएको छ । रंगशालाको बिभिन्न कक्षहरुलाई जिल्लाबाट नामाकरण गरिएको उहाँले जानकारी दिनुभयो । निर्माणको काम तिब्र भए पनि आर्थिक संकलन भने खासै हुन सकेको छैन । रु ८ करोड हाराहारी बोलकबुल भएकोमा रु १ करोड मात्र संकलन भएको भन्दै कट्टेलले हाल सम्म बिभिन्न क्षेत्रबाट बोलकबुलको बाहेक रु ३ करोड संकलन भएको बताउनुभयो ।
रंगशाला सम्पन्न गर्न रु २ अर्ब ५० करोड खर्च हुने अनुमान छ । यद्यपि श्रमदान र अन्य सामाग्रीहरुको सहयोग भएमा त्यती खर्च नलाग्ने उहाँले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका वडा नम्वर १५ मा रंगशाला निर्माण हुँदै छ । धुर्मश सुन्तली फाउण्डेसनको अगुवाईमा काम भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस !