चितवनः जो कोहीलाई सुन्दा अचम्म लाग्न सक्छ, नेपालमा पनि बालबालिकालाई ल्याएर सुरुङ् भित्र राखि देहव्यापारमा लगाईन्छ भन्दा । सुन्दा कुनै हिन्द फिलिमको सुटिङ् गर्न लागेको जस्तो तर बास्तबिकता अर्कै रहेको छ ।
यो बास्तबिकता भरतपुर महानगरपालिका वडा नम्बर २९ मा रहेको होटल खोटाङ् हलेसी एण्ड सगरमाथा गेष्टहाउसमा यस्तै भएको छ । गत कात्र्तिक २७ गते काठमाण्डौंबाट हराएका एक युवती र एक बालिकालाई त्यहाँ ल्याएर देहव्यापारमा लगाईएको रहेछ ।
उनीहरुलाई आफ्नो ग्राहकको चाहना अनुसारको काममा लगाईएको रहेछ । काठमाण्डौंमा कोठा भाडा गरि वस्ने २२ बर्षिया युवती र १४ वर्षिया बालिका लाई काठमाण्डौंबाट चितवन सम्म ल्याउनका लागि धरानकी युवतिलाई प्रयोग गर्ने गरेको खुलेको छ ।
हराएका दुई जनालाई ल्याएर त्यहाँ राखे देखि उनीहरुलाई कसैको सम्पर्कमा आउछन्की भन्ने सचेतताका साथ सुचना सम्पर्क गर्ने साधानबाट वञ्चीत गर्दै घर भित्र रहेको एउटा बन्द कोठामा राखिने गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार कात्तिक २७ गते देखि हराई रहेका दुई जनाले कुनै मौका छोपेर आफ्नो घर परिवारलाई आँफुहरुलाई खोलाको छेउ जुगेडी भन्ने स्थानमा ल्याएर राखेको खबर पठाउँछन् । त्यही खबरको आधारमा घर परिवारले काठमाण्डौं प्रहरीको अनुरोधमा जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा खोज्न पुग्छन् । तर त्यहाँ कसैलाई पनि देख्दैनन् ।
प्रहरी र हराएका दुई जनाको परिवारका सदस्य दङ्ग पर्छन र पहिलो दिन फर्कन्छन् । त्यस पछि प्रहरीको बिशेष टोलि त्यस होटलको निगरानीमा पठाईन्छ । त्यती हुँदा पनि हराएका दुई जनाको पत्तो लाग्न सक्दैन र पछि बिशेष टोलिले सो होटलमा अप्रेसन गर्छ । अप्रेसन प्रहरी निरिक्षकको कमाण्डमा हुन्छ । सो अप्रेसनको क्रममा समेत केही हराएका युवती र वालिका प्रहरीले फेला पार्न सक्दैन ।
प्रहरीले होटलमा निगरानी वढाए पछि ती युवती र बालिकालाई यहाँ सम्म ल्याउने काम गर्ने धरानकी युवतीलाई खवर गरेर उनीहरुलाई अन्तै पठाउने काम गरीन्छ । सो क्रममा हराएका दुई जना र ती युवतीलाई प्रहरीले मुग्लिनबाट पक्राउ गर्न सफल हुन्छ । उनीहरुलाई अन्यत्र लैजाने क्रममा मुग्लिनबाट पक्राउ गरिएको हो । तर हराएका उनीहरुलाई कहाँ कसरी राखिएको थियो भन्ने बिषयमा अझै प्रहरी अनभिज्ञ रहेको हुन्छ ।
मुग्लिनबाट प्रहरीले नियन्त्रणमा लिएका ती तीन जना सहित प्रहरीको टोली पुनः त्यस होटलमा पुग्छ । त्यस पछि प्रहरी समेत दंग पर्छ । नेपालमा समेत यसरी युवती र वालिकाहरुलाई देहव्यापारमा लगाईन्छ भन्ने सुन्दा । उनीहरुलाइृ होटलको पहिलो तल्लामा रहेको भान्छा कोठाबाट तल अन्धकार कोठामा राखिएको प्रहरीले प्रमाण भेट्छ । जहाँ प्रहरीले दुई तीन पटक सम्म जाँदा केही फेला पार्न नसकेको हुन्छ ।
त्यसको लगत्तै प्रहरीले भान्छा कोठामा बनाईएको फलामको प्वाल जहाँ मानिस ओर दोर गर्न सक्छन् त्यहाँ बाट भित्र छिरेर सबैको अनुसन्धान गर्न थाल्यो र ती होटका संञ्चालक दुई जनालाई समेत नियन्त्रर्णमा लिईयो ।
प्रहरीले आज मानब बेचबिखनमा संम्लङ्न तीन जनालाई सार्वजनीक गर्ने क्रममा जानकारी दिएको घटना बिबरण हो यो । प्रहरीले यसरी एक महिना सम्म दुई जनालाई नियन्त्रर्णमा लिएर राख्ने तीन जनालाई आज सार्बजनीक गरेको छ ।
सार्वजनीक हुनेमा होटल खोटाङ् हलेसी एण्ड सगरमाथा गेष्ट हाउसका संञ्चालक भरतपुर महानगरपालिका वडा नम्र २९ का ५० वर्षिय जंग वहादुर क्षेत्री, उनकी श्रीमती ३९ वर्षिया निर्मला थापा र धरान उपमहानगरपालिकाकी २४ वर्षिया रेसिका राई रहेका छन् ।
उनीहरुलाई प्रहरीले मङ्सिर २८ गते पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई मानब बेचबिखन तथा ओसारपोसार अनुसन्धानका लागि सरकारी वकिल कार्यालय मार्फत पाँच दिनको समय थप गरि अनुसन्धान सुरु गरीएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दानबहादुर मल्लले जिल्लामा हुने अपराध नियन्त्रर्णका लागि प्रहरीले काम गरिरहेको बताउनु भयो । मानब बेचबिखनको मुद्धामा प्रहरीलाई ठूलो सफलता हात परेको उहाँले बताउनुभयो ।







