चितवनः पूर्ब पश्चिम राजमार्ग अन्तर्गत पूर्बी चितवनको लोथरमा आज बिहान दुईवटा ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । मृत्यु हुनेमा ट्रकका चालक कंकाई नगरपालिका वडा नम्बर १ झापाका ४० वर्षिय अर्जुन जोगी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पूर्बबाट आउँदै गरेको ना ५ ख ८७४३ नम्बरको ट्रक र बिपरित दिशाबाट गईरहेको ना ६ ख ७९६७ नम्बरको ट्रक आज बिहान ७ः३० वजेको समयमा एक आपसमा ठक्कर खाएको हो ।
दुर्घटनामा गम्भिर घाईते भएका ७९६७ नम्बरको ट्रकका चालक जोगीको उपचारको क्रममा बिहान ८ः२५ बजे पुरानो मेडीकल कलेजमा मृत्यु भएको हो । सोही ट्रकका सहचालक मोरङ् निबासी २० वर्षिय प्रज्वल ब्रदेवान, ८७४३ नम्बरको ट्रकका चालक हेटौडा उपमहानगरपालिका वडा नम्बर १४ का २६ वर्षिय बिर वहादुर लोप्चन र सोही ट्रकका सहचालक बागमती गाउँपालिका वडा नम्बर १ मकवानपुरका २० वर्षिय सोम वहादुर थिङ्को पुरानो मेडीकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
तीन जनाकै अवस्था मध्यम रहेको छ ।

प्रतिक्रिया दिनुहोस !