चितवनः चोरी र तोडफोडमा संलङ्न रहेको अभियोगमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालया चितवनका अनुसार चोरीको आरोपमा ३ जनालाई पक्राउ गरिएको हो ।
कार्यालयका प्रबक्ता एकनारायण कोईरालाका अनुनुसार पक्राउ पर्नेहरुमा सप्तरीको राजबिराज नगरपालिका ५ घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर ९ मा डेरा गरी बस्ने १८ बर्षिय महेश यादव, सप्तरीकै राजबिराज ८ स्थाई घर भएका २० बर्षिय बिबेक यादव र भरतपुर महानगरपालिका वडा नम्बर ७ बस्ने २० वर्षिय संयोग अधिकारी रहेका छन् । उनीहरुलाई शनिबार भरतपुर महानगरपालिका वडा नम्बर ९ हाकिमचोक स्थित बिबेक यादवको डेराबाट पक्राउ गरिएको हो ।
उनीहरुले भरतपुरको दुई वटा पसलमा चोरी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तिनै जनाले मंसिर १ गते राती भरतपुर महानगरपाकिला वडा नम्बर १० मा रहेको सरस्वती ढकालको न्यु दक्षिणकाली सुन चाँदी पसलबाट रु ६ लाख बराबरको चाँदीको गरगहना चोरी गरेको प्रहरीले जनाएको छ । यस्तै सोही दिन लेखनाथ शर्मा आचार्यको घरमा रहेको सटर फुटाई रु ४० हजार बराबरको मदिरा र रु ३५ हजार नगद उनीहरुले चोरी गरेका थिए ।
पक्राउ परेका तिनै जनाबिरुद्द चोरी मुद्दा दर्ता गराई अनुसन्धान प्रकृया अगाडि बढाईको कोइरालाले जनाकारी दिनुभयो ।
यस्तै चितवन नवलपुर दाना बितरण संघको कार्यालयमा तोडफोड गर्ने ५ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ३ नारायणगढमा रहेको संघको कार्यालयमा मंसिर २७ गते तोडफोड गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर २३ का ४५ बर्षिय आनन्द कुमार मास्के, भरतपुर महानगरपालिका वडा नम्बर ६ का ४७ बर्षिय प्रकाश अधिकारी, सोही स्थान बस्ने ४८ वर्षिय दीपेश्वर केसी, ४४ बर्षिय रामहरी केसी र भरतपुर महानगरपालिका वडा नम्बर १४ का ४६ वर्षिय राजेन्द्र साखी रहेको कार्यालयले जनाएको छ ।
उनीहरुलाई जिल्ला अदालतबाट ७ दिनको समय थप गरि अभद्र व्यवहारको मुद्दा दर्ता गराई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !