चितवनः पूर्बी चितवनको भण्डारामा आज बिहान बस अनियन्त्रीत भई पल्टँदा १३ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बिरगञ्जबाट नारायणगढ तर्फ आउँदै गरेको बा ३ ख ८४९० नम्बरको बस राप्ती नगरपालिका वडा नम्बर ६ हर्दीमा अनियन्त्रीत भई पल्टिएको थियो ।
कार्यालयका अनुसार बस सडकबाट तल खेतमा झरेको थियो । बसमा २३ जना सवार रहेकोमा अन्य शकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनमा प्रबक्ता एकनारायण कोईरालले जानकारी दिनुभयो । घाईतेहरुलाई उद्धार गरि उपचारका लागि भरतपुरतर्फ ल्याईएको उहाँले जानकारी दिनुभयो । घाईतेहरुको बिभिन्न अस्पतालमा उपचार भईरहेको छ । दुर्घटना बिहान ११ः१० वजे भएको हो ।

प्रतिक्रिया दिनुहोस !