
चितवनः बदेलको आक्रमणबाट तीन जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एकनारायण कोईरालाका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १३ गंगानगरमा आफ्नै खेतमा काम गरिरहेको समयमा बदेलले आक्रमण गरेको हो ।
बदेलको आक्रमणबाट स्थानीय ७६ वर्षिया केबी राई, ७१ बर्षिया कुमारी तामाङ् र ३८ बर्षिय मोते दर्जी रहेको उहाँले जानकारी दिनुभयो । उहाँहरुलाई बिहान १० बजे आफ्नै खेतमा काम गरिरहेको समयमा नजिकै रहेको वनबाट निस्किएर बदेलले आक्रमण गरेको थियो ।
घाईते तीनै जनाको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । अबस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।