
चितवनःभरतपुर बिमानस्थल आज देखि संञ्चालनमा आएको छ । नागरिक उड्यन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मत सम्भार गर्नका लागि मङ्सिर १५ गते देखि बिमानस्थल बन्द गरेको थियो ।
धावन मार्ग मर्मत र रंग रोगनका काम सम्पन्न भए संगै बिमानस्थल आज देखि संञ्चालनमा ल्याईएको कार्यालयका प्रमुख पवन कुमार गौतमले जानकारी दिनुभयो । बिमानस्थलको धावनमार्गमा मर्मत सम्भार र माथि कालोपत्रे थप गरिएको छ ।
विमानस्थल ओभरले गर्दा ६० एमएमको कालोपत्रे गरिएको जनाईएको छ । गौतमका अनुसार धावन मार्ग मर्मत संगै भ्रमण वर्षलाई लक्षित गर्दै बिमानस्थललाई आक्रर्षक वनाईएको छ ।
भरतपुर बिमानस्थलबाट दैनिक बुद्ध र यतिका ५÷५ वटा जहाज काठमाण्डौं र १÷१ वटा जहाज पोखरा उडान भर्दै आएका छन् ।