चितवनः भरतपुर महानगरपालिका वडा नम्वर २७ का दुई दाजुभाई मिलेर वहिनीको प्रेमीको हत्या गरेका छन् । साँझ वहिनीलाई भेट्न आएको मौका छोपि छिमेकी युवाहरुको समेत साथ लिई उनीहरुले वहिनीको प्रेमी अविनाश महत्तोको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरी उपरिक्षक दानवहादुर मल्लका अनुसार मृतक अविनाशको फोन रेहडमा अन्तिम पटक युवति संग कुरा भएको पाईएको छ । घर निर्माणको काम गर्ने अबिनाश घर निर्माणको काम सकेर फर्कने क्रममा प्रेमीकालाई भेट्न गएका थिए । सोहि समयमा वहिनी माथि नाजायज सम्वन्ध राख्न खोजेको आशंकामा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको उहाँले जानकारी दिनुभयो ।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा शब भेटिएका भरतपुर महानगरपालिका वडा नम्वर २७ का २६ वर्षिय अविनाशको हत्या भएको थियो । मङ्सिर १२ गते हराएका अविनाश तीन दिन पछि मृत फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेकाहरु सार्वजनीक गरेको हो । पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका वडा नम्वर २७ का २६ बर्षिय दिपेन्द्र महत्तो, २७ बर्षिय यमकुमार महत्तो, २५ बर्षिय विनोद कुमार महत्तो, २० वर्षिय बिजय महत्तो र एक युवती रहेकी छन् । युवती १८ वर्ष मुनिको रहेकाले प्रहरीले नाम सार्वजनीक नगरेको जनाएको छ ।

मृतक अविनाशको तीनै युवती संग सम्वन्ध रहेको भन्ने जानकारी पाए पछि युवतीका दाईहरु मिलेर मङ्सिर १२ गते रातको समयमा हत्यागरि घर नजिकैको अञ्जनाघोलमा गाडेको प्रारम्भीक अध्ययनबाट देखिएको प्रहरी उपरिक्षक दानवहादुर मल्लले जानकारी दिनुभयो ।
दाईहरु दिपेन्द्र र यमकुमार सहित अन्य दुई जना मिलेर युवाको हत्या गरि प्रमाण नष्ट गर्ने काम समेत भएको उहाँले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुलाई आज ज्यानमार्ने उद्योगमा सरकारी वकिल कार्यालय मार्फत पाँच दिनका लागि समय थप गरि अनुसन्धान सुरु गरिएको सो अवसरमा जानकारी दिईएको थियो ।
अविनासको शव मङ्सिर १५ गते साँझ गाडीएको अवस्थामा थियो । यस्तै प्रहरीले जेठ १५ गते देखि हाल सम्म क्लिन चितवन अभियान अन्तर्गत २ हजार ६ सय ४८ जनालई नियन्त्रणमा लिई ४ सय ४६ जनालाई मुद्धा दर्ता गरिएको जनाएको छ । मुद्धा दर्ता गरेका मध्ये ७८ जना फरार अभियुक्त हुन । उनीहरुबाट १६ वर्ष ५ महिना ७ दिन कैद र रु ७ लाख ८३ हजार ५ जरिवाना अशुल गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस !