
चितवन: राप्ती नगरपालिका वडा नम्वर ५ मा शनिवार साँझ भएको अटो दुर्घटनामा परि ज्यान गुमाउने मध्ये चार जनाको सनाखत भएको छ । एक जनाको सनाखत हुन बाँकी रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्बतको कुस्मा नगरपालिका पिपलटारी स्थायी ठेगाना भई हाल पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्वर ८ वस्ने ४९ वर्षिय श्याम प्रसाद तिवारी, खैरहनी नगरपालिका वडा नम्वर ९ का ४२ वर्षिय बिश्वमणी भण्डारी र २५ वर्षिया मीना खड्का रहेका छन् ।
उनीहरुको उपचारका क्रममा पुरानो मेडीकल कलेमा मृत्यु भएको थियो । यस्तै मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्वर ९ की ३२ वर्षिया माया तामाङ रहेको प्रहरीले जनाएको छ । अर्की एक महिलाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
घाईते हुनेमा अटो चालक खैरहनी नगरपालिका वडा नम्वर ३ का २६ वर्षिय मणीराम गिरी रहनुभएको छ । घाईते गिरीको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ । शनिबार साँझ राप्ती नगरपालिका वडा नम्वर ४ चेपाङ् मार्गबाट भण्डारा तर्फ आउँदै गरेको ना १ ह ६४०९ नम्वरको अटो राप्ती ५ डुम्रेखाडी पुल नजिक अनियन्त्रीत भई पल्टिएको थियो ।
उनीहरु सामुहीक वनभोजका लागि गएको र फर्कने क्रममा क्षमताभन्दा वढी यात्रु बोकेका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दानवहादुर मल्लले जानकारी दिनुभयो ।