चितवनः भरतपुर महानगरपालिका वडा नम्वर २६ स्थित नारायणी नदीमा आज विहान गैंडा मृत अवस्थामा भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सिसुवारमा गैंडा मृत अवस्थामा भेटीएको हो ।
निकुञ्जका सुचना अधिकारी गोपाल घिमिरेका अनुसार विहान ९ः३० वजेको समयमा खाग र खुर सहितको गैंडा भेटिएको खवर प्राप्त भएको हो । सो स्थानमा नदीले वगाएको अवस्थामा गैंडा भेटिएको हो । गैंडालाई वग्न नसक्ने गरि निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले वाहिर निकालेको जनाएको छ ।
घिमिरेले सो स्थलमा निकुञ्जका चिकित्सकको टोली पुगेपछि यथार्थ विवरण भन्न सकीने बताउनुभयो । बुढो गैंडा पानी खान जाने क्रममा नदीमा डुवेर वगाएको अनुमान गरिएको घिमिरेको भनाई छ । यो संगै चालु आर्थिक वर्षमा पाँचवटा गैंडा कालगतिले मरेका छन् ।

प्रतिक्रिया दिनुहोस !