चितवनः प्रदेश सरकारले जिल्लाको बिकासका लागि विनियोजन गरेको बजेट मध्ये १ दशमलव ९४ प्रतिशत मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका अनुसार प्रदेश सरकारले जिल्लाको बिकासका लागि विनियोजन गरेको रु २ अर्व ५ करोड १२ लाख ५८ हजार मध्ये प्रथम चौमासीकमा जम्मा रु ३ करोड ९७ लाख ४९ हजार ६ सय ३७ खर्च भएको हो ।
कार्यालयका कोष नियन्त्रक शरदचन्द्र शर्मा भट्टराईका अनुसार प्रदेश सरकारले चालु तर्फ पठाएको बजेट पनि खर्च कम भएको छ । चालु तर्फ जम्मा ११ दशमलव ७२ प्रतिशत मात्र खर्च भएको छ । जसमा रु ५७ करोड ३६ लाख ९७ हजार मध्ये रु ६ करोड ७२ लाख ३४ हजार खर्च भएको छ ।
यस्तै संघिय सरकारले जिल्लाको बिकासका लागि पठाएको वजेटमा पनि अपेक्षाकृत रुपमा खर्च हुन नसकेको पाईएको छ । भट्टराईका अनुसार संघिय सरकारले पूजींगत तर्फ रु ४ अर्व ६६ करोड ५२ लाख ४५ हजार पाठाएको थियो । जसमा जम्मा रु ४४ करोड ३६ लाख ६५ हजार ६ सय ८९ मात्रै खर्च भएको छ । जुन ९ दशमलव ५१ प्रतिशत मात्र हुन आउँछ ।
संघिय सरकारको चालु तर्फ भने ३१ दशमलव ८१ प्रतिशत खर्च भएको छ । रु ९ अर्व ३६ करोड २७ लाख ५० हजार ३ सय ७९ मध्ये रु २ अर्ब ९७ करोड ८६ लाख ९ सय ३८ खर्च भएको छ । कार्यालयका अनुसार प्रथम चौमासीकमा संघ तर्फ रु १० अर्व ५९ करोड ४८ दाख ४८ हजार ७ सय ८३ र प्रदेश तर्फ रु २१ करोड ५५ लाख ५७ हजार ४ सय ९४ राजश्व संकलन भएको छ ।
कोष नियन्त्रक भट्टराईका अनुसार प्रथम चौमासीकको समयमा पहिलो चरणका कार्य अन्तर्गतका सम्भाव्यता अध्ययन, अनुमानीत लागत निर्माण र वोलपत्र आव्हानका कामहरु हुने भएकाले पूजींगत तर्फको खर्च हुन नसकेको हो । वोलपत्र आव्हान संगै दोस्रो चौमासीकबाट मात्रै रकम खर्च हुने क्रम वढ्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !