
चितवनः भरतपुर महानगरपालिका वडा नम्वर २ स्थित वाईपास रोडमा नेपाल प्रहरीको पेट्रोलपम्प सञ्चालनमा आएको छ । नेपाल प्रहरीको कल्याण कोषले पेट्रोलपम्प सञ्चालनमा ल्याएको हो ।
कोषका सदस्य सचिव वरिष्ठ प्रहरी उपरिक्षक टेक वहादुर तामाङ्का अनुसार जुनियर प्रहरी अधिकृत शिक्षालय संगै करिव ६ कठ्ठा जमिनमा निर्माण गरिएको पम्प गत साताबाट सञ्चालनमा आएको हो । पम्प रु ३ करोड १७ लाख खर्च गरि निर्माण गरिएको हो । पेट्रोल र डिजल दुवै पम्पबाट विक्रि वितरण गरिएको छ ।
तामाङ्का अनुसार डिजल ४० हजार लिटर र पेट्रोलको भण्डारण क्षमता २० हजार लिटर रहेको छ । दोस्रो चरणमा सो स्थानमा ग्रोसरी, प्रहरी आवास लगाएत निर्माण गरिने उहाँले जानकारी दिनुभयो । कोषले यस अघि काठमााडैंको नक्साल, सामाखुशि र पथलैयामा पेट्रोलपम्प संञ्चालन गर्दै आएको थियो ।