चितवनः गत शुक्रबार देखि हराई रहेका भरतपुर महानगरपालिका वडा नम्वर २७ का एक युवाको शव गाडेको अबस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पर्साढाप निवासी २७ वर्षिय अभितास महत्तोको शव गाडेको अवस्थामा भेटिएको हो ।

महत्तोको शव चितवन राष्ट्रिय निकुञ्जको मध्यबर्ति क्षेत्रमा पर्ने टाईगरटपघाट नजिकै खोल्सामा गाडेको अवस्थामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाका अनुसार महत्तोको शव गाडी पातपतिङ्गरले छोपेको अवस्थामा आईतवार साँझ भेटिएको हो ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !