
चितवनः नेपाली काँग्रेस चितवनले जिल्लाको उप निर्वाचनमा सहभागि सवै मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ । काँग्रेस चितवनका सचिव उत्तम जोशीले आज एक विज्ञप्ति जारी गरि काँग्रेसलाई सहयोग गर्नु हुने एवं मतदान गर्नुहुने सवैलाई धन्यवाद ज्ञापन गर्नु भएको हो ।
काङ्ग्रेस चितवनमा सचिव जोशीद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ‘काङ्ग्रेसका उम्मेदवारहरुलाई बिजयी गराउनु हुने स्व्तन्त्र आदरणिय मतदाता आमाबुवा, दाजु भाई, दिदी बहिनिहरु, आ(आफ्नो ठाउँबाट अहोरात्र खटिनुहुने पार्टीका अग्रज नेताज्युहरु, सबै तहका नेता साथीहरु, क्रियाशिल सदस्य, भातृ तथा सुवेच्छुक संघ संस्थाका साथीहरुलाई नेपाली काङ्ग्रेस चितवन हार्दिक धन्यवाद ब्यक्त गर्दछौ ।’
यस्तै उसले शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गराउन सहयोग पुर्याउने कर्माचारी, सुरक्षाकर्मी तथा पत्रकारहरुलाई पनि धन्यवाद ज्ञापन गरेको छ । गत शनिबार सम्पन्न उपनिर्वाचनमा काङ्ग्रेसले चितवनको तीन वटै वडामा बाजी मारेको थियो । भरतपुर महानगरपालिका १६ मा काङ्ग्रेसका अमृतराज हमाल बिजयी भएका थिए । उहाँले नेकपाका भक्तराज हमाललाई ३०८ मतान्तरले पराजित गरे । अमृतले ३ हजार १ सय ८३ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी भक्तराजले २८७५ मत मात्र प्राप्त गर्नुभयो । उक्त वडामा यस अघी तत्कालिन नेकपा एमाले बिजयी भएको थियो ।
उता खैरहनी नगरपालिका ४ र ५ मा पनि काङ्ग्रेस नै बिजयी भएका थिए । काङ्ग्रेसका उम्मेदवार देव बहादुर बस्नेत ११३८ मत ल्याउदै बिजयी भएका हुन् । उनले नेकपाका बेद बहादुर अधिकारीलाई १५२ मतान्तरले पराजित गरे । अधिकारीले ९८६ मत प्राप्त गरेका थिए । खैरहनीकै वडा नम्बर ५ मा काङ्ग्रेसकै प्रतिमा कार्की बिजयी भएकी थिईन् । कार्कीले नेकपाका पुर्णनारायण प्रधानलाई ८६ मतले पराजित गरिन् । कार्कीले ८४२ मत प्राप्त गर्दा प्रधानले ७५६ मत प्राप्त गरेका थिए ।