चितवनः भरतपुर महानगरपालिका वडा नम्वर २९ खहरे पुल नजिक सवारीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया मगरणाडी ५ का ३३ वर्षिय सन्तराम थारु रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज विहान करिव ४ वजेको समयमा थारुलाई नम्वर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो । ठक्करबाट घाईते थारुको उपचारका क्रममा भरतपुर अस्पतालमा विहान ४ः५५ वजे मृत्यु भएको हो । ठक्कर दिने साधन र चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !