
चितवनः माडी नगरपालिका वडा नम्वर ६ कल्याणपुरमा ट्याक्टरको ठक्करबाट एक जना बृद्धाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय माडीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा माडी नगरपालिका वडा नम्वर ६ कल्याणपुरकी ९० वर्षिया देवकला खत्री रहनु भएको छ ।
नम्वर मेटीएको ट्याक्टरले खत्रीलाई आज विहान ठक्कर दिएको थियो । ठक्करबाट घाईते खत्रीको उपचारका क्रममा स्थानीय मेडीकलमा मृत्यु भएको प्रहरीले जनाएको छ । खत्रीलाई ठक्कर दिने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् । उनको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।