चितवनः नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लामा काङ्ग्रेसले विजयी हात पारेको छ । शनिवार सम्पन्न वडा अध्यक्षहरुको उपनिर्वाचनका क्रममा तीन वटै वडामा काङ्ग्रेस विजयी भएको छ । नेकपाको पक्कड रहेको भनिएको भरतपुर महानगरपालिका वडा नम्वर १६ मा समेत काङ्ग्रेसले जित हात पारेको छ ।
भरतपुर महानगरपालिका नम्वर १६ मा काङ्ग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी हुनु भएको छ । उहाँले निकटतम प्रतिश्पर्धि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भक्तराज हमाललाई पराजित गरेका हुन् । अमृतराजले ३१८३ मत प्राप्त गर्नु भयो भने भक्तराजले २८७५ मत प्राप्त गर्नुभएको थियो । यस्तै वडा अध्यक्षको उम्मेदवार राष्ट्रिय समाजवादी पार्टीका अमर बहादुर थापा ५५ मत, राष्ट्रिय नागरिक पार्टीका धनप्रसाद घले ३९ मत, र राप्रपा संयुक्तका उम्मेद्धार विष्णु त्रिपाठीले ६ मत प्राप्त गर्नु भएको थियो ।
सो वडामा २१२ मत वदर भएको थियो । ८ हजार ४८१ मतदाता रहेको सो वडामा ६ हजार २५० मतखसेको थियो । यसअघि सो वडामा तत्कालिन नेकपा एमालेका उम्मेद्वार विजयी भएको वडा हो ।
यस्तै पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्वर ४ मा पनी नेपाली काङ्ग्रेस विजयी भएको छ । काँग्रेसका उम्मेद्वार देव बहादुर बस्नेतले नेकपाका उम्मेद्वार वेद बहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गर्नुभएको हो । बस्नेतले १ हजार १ सय ३८ मत प्राप्त गर्दा नेकपाका वेद वहादुर अधिकारीले ९ सय ८६ मत ल्याउनु भएको थियो ।
अध्यक्षका पदका अन्य उम्मेदवारहरु राप्रपाका अनुज अधिकारी ८ मत, राप्रपा संयुक्तका सिताराम थापाले ४ मत प्राप्त गर्नुभयो । सो वडामा १० मत वदर भएको थियो । २ हजार ६९२ मतदाता रहेको सो वडामा २ हजार १७२ मत खसेको थियो ।
यता खैरहनी नगरपालिका वडा नम्वर ५ मा पनि नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसकी उम्म्द्वार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गनुभयो । कार्कीले ८ सय ४२ मत प्राप्त गर्दा र प्रधानको ७ सय ५६ मत आएको थियो । यस्तै राष्ट्रिय समाजबादी पार्टीका अध्यक्ष पदका उम्मेदवार विकन महतो थारुले ४२ र राष्ट्रिय नागरीक पार्टीका उम्मेदवार बलराम चौधरीले ६ मत प्राप्त गनुभयो ।
२ हजार १ सय ११ मतदाता रहेको सो वडामा १ हजार ६७० मत खसेको थियो । खैरहनीका दुवै वडा यस अघि पनि काङ्ग्रेस विजयी भएको थियो ।
दुई पार्टी विचको एकता पछि भएको उपनिर्वाचनका क्रममा समेत नेकपाका उम्मेदवारहरु हार्नुलाई जिल्ला र केन्द्रको राजनितिमा समेत महत्वको साथ हेरीएको छ । प्रचण्डको गृह जिल्ला मात्रै नभएर चुनावि क्षेत्रमा समेत हार वेहोरेको नेकपाले यसको विषयमा समिक्षा गर्ने भएको छ ।






