
चितवनः नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत गाईघाटमा आज विहान वस र ट्रक एक आपसमा ठक्करखाँदा १३ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार काठमाण्डौबाट सुर्खेत तर्फ आउदै गरेको ना४ख ९८१९ नम्वरको बसलाई ना ५ ख ९१९७ नम्वरको ट्रकले ठक्कर दिएको थियो ।
विग्रिएर रोकी राखेको वसलाई ट्रकले पछाडीबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले जानकारी दिनुभयो । ठक्करबाट वसमा सवार १३ जना घाईते भएको उहाँले वताउनुभयो ।
घाईते मध्ये पाँच जनाको अवस्था मध्यम रहेको र अन्यको सामान्य रहेको उहाँले जानकारी दिनुभयो । घाईते मध्ये चार जनाको पुरानो मेडीकल कलेजमा र अन्यको चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ । वसलाई ठक्करदिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको उहाँले बताउनुभयो ।