
चितवनः पूर्बी चितवनको राप्ती नगरपालिका वडा नम्वर ७ खुरखुरेमा मोटरसाईकललाई ट्रकले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पूर्व पश्चिम लोकमार्ग अन्तर्गत खुरखुरेमा पूर्वबाट टाँडी तर्फ आउँदै गरेको ना ६ ख १४४ नम्वरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको ना १४ प १६३ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ना १४ प १६३ नम्वरको मोटरसाईकलको पछाडी सवार २८ वर्षिय पुरुष व्यक्ति रहेका छन् । उनको नामथर खुल्न सकेको छैन । सोही मोटरसाईकलका चालक गम्भिर घाईते भई उपचारका लागि भरतपुर अस्पताल ल्याईएको छ ।
मोटरसाईकललाई ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।