चितवनः नेपाली काँग्रेस चितवनले उप निर्वाचनको संघारमा आफ्ना कार्यकर्ता कुटिएको विषयलाई लिएर आफ्नो ध्यानकर्षण भएको जनाएको छ । काँग्रेस चिवतनका सचिव उत्तम जोशी द्धारा जारी विज्ञेप्तिमा खैरहनी नगरपालिका वडा नम्वर ४ निवासी टेकवहादुर परियार माथि भएको आक्रमण प्रति भत्सना गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ “परियार लाई घरमा नै बसिरहेको अवस्थामा सरकारमा रहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुले सांघातिक ढंङ्गले आक्रमण गरि घाईते बनाएको घटना प्रति नेपाली कांग्रेस चितवन घोर भत्र्सना गर्दछ ।”
घटनामा संलग्न दोषि लाई कारवाही गर्न समेत माग काँग्रेस चितवनले गरेको छ । दोशीलाई अन्यथा कारवार्ही गर्न माग समेत गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार हुँदा नेकपाकै कार्यकर्ताहरुबाट गरिएको यो व्यवहार वाट देशमा शान्ति सुरक्षाको व्यवस्थालाई यथाचित्रण गरिएको विज्ञप्तिमा उल्लेख छ । रातीको समयमा घरमा बसिरहेका समयमा गरिएको आक्रमणले जनता असुरक्षीत रहेको भान भएको काँग्रेस चितवनले जनाएको छ ।

जेशीद्धारा जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन भएको ठहर गरीएको जनाईएको छ । यसै विच भरतपुर महानगरपालिका वडा नं.१६ मा मंसिर ९ गते (नेकपा) द्धारा आयोजित कार्यक्रम सार्वजनिक स्थलहरुमा पार्टीका झन्डाहरु र सार्वजनिक स्थल, पिच बाटोमा मञ्चहरु निर्माण गरि विद्यालयलाई समेत असर पर्ने गरि निर्वाचनको आचारसंहिता उल्लंघन गरि गरिएका कार्यक्रम प्रति काँग्रेस चितवनले आफ्नो र निर्वाचन आयोगको ध्यानाआर्कषण गराएको छ ।

प्रतिक्रिया दिनुहोस !