
चितवनः मङ्सिर १४ गते हुने उप निर्वाचनको तयारीका क्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताहरुले काँग्रेसका कार्यकताहरुमाथि कुटपिट गरेका छन् । खैरहनी नगरपालिका वडा नम्वर ४ चैनपुरमा गएराति नेकपाका दिपक थापामगर सहितका कार्यकताहरुले ४५ वर्षिय टेक वहादुर परियारलाई कुटपिट गरेको घटना प्रति नेपाल दलित संघ चितवनले आफ्नो ध्यानाकर्षण भएको जानाएको छ ।
दलितसंघ चितवनको अध्यक्ष शान्ति परियार द्धारा जारी बिज्ञप्तिमा निर्वाचनको समयमा भएको यस घटनाले सिंगो दलित संघ मर्माहित भएको जनाईएको छ । देशमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सम्हालेको नेकपाको सरकार रहेको समयमा निर्वाचन लक्षित गर्दै यस्तो घटना हुनुले शान्ति अमनचयनको बातावरण विग्रएको र सत्ता एवं शक्तिको आडमा निर्वाचन कव्जा गर्न खोजिएको आरोप बिज्ञप्तिमा लगाईएको छ ।
निर्वाचनको समयमा दलित वस्तिमा पसि आक्रमण गर्नेलाई कारवाहिको माग गर्दै दलित संघ चितवनले घाईतेको उपचार गरि सिङ्गो वस्तिको सुरक्षाको माग समेत गरेको छ । विज्ञप्तिमा भनिएको छ “राज्य सत्ताको उन्मादका कारण भएको यो घटनाका पिडिक लाई कारवाहि नगरे संघ शशक्त आन्दोलनमा उत्रने छ ।” घाईते टेकवहादुर परियारको चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ ।