चितवनः मङ्सिर १४ गते हुने उव निर्वाचनको तयारीका क्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताहरुले काँग्रेसका कार्यकताहरुमाथि कुटपिट गरेका छन् । खैरहनी नगरपालिका वडा नम्वर ४ चैनपुरमा गएराति नेकपाका दिपक मगर सहितका कार्यकताहरुले ४५ वर्षिय टेक वहादुर परियारलाई कुटपिट गरेको नेपाली काँग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
निर्वाचनको दौडानमा केहि दिन अघि काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितिमा परियार सहित सयैंको संख्यामा नेकपा परित्याग गरि काँग्रेसमा प्रवेश गरेका थिए । निर्वाचनको मुखमा काँग्रेस प्रवेश गरेर नेकपालाई कम्जोर वनाउन खोजेको भन्दै आँफुमाथि कुटपिट गरिएको परियाले आरोप लगाएका छन् ।
कुटपिटबाट घाईते परियारको चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनका क्रममा नेपाली काँग्रेसले जित हाँसिल गरेको सो वडामा पुनः काँग्रेकै जित हुने देखेपछि नेकपाका नेता तथा कार्यकता अतालिएर आक्रमणमा उत्रिएको काँग्रेस सभापति श्रेष्ठले वताउनुभयो । घाईते परियारको अवस्था गम्भिर रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !