
चितवनः यहि मंसिर १४ गते हुने उप निर्वाचन नजिकीदै गएको छ । निर्वाचन नजिकीदै जाँदा जिल्लामा निर्वाचन हुने वडाहरुमा चुनाबी सरगभि वढेको छ । यसै क्रममा भरतपुर महानगरपालिका वडा नम्वर १६ मा पनि यहि १४ गते वडा अध्यक्षका लागि उप निर्वाचन हुँदै छ ।
तत्कालीन नेकपा एमालेले विजयी हाँसील गरेको यस वडाका वडा अध्यक्ष चतुर्मान गुरुङ्को निधन पछि हुन लागेको निर्वाचनका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस बिच कडा प्रतिशप्रधा हुने देखिएको छ । पूर्व प्रधानमन्त्री एबं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा हुन लागेको यस निर्वाचनलाई दुवै पार्टीले आ आफ्नो कव्जामा पार्ने रणनितिमा रहेका छन् ।
नेकपा पहिले विजयी भएको भए पनि कार्यकर्तामा त्यति उत्साह नभए पछि निकै कसरतमा लागेको छ । जसको ज्वलन्त उदाहारण यस वडाको निर्वाचनका लागि पार्टीका केन्द्रिय अध्यक्ष स्वंम चुनावी सभामा सहभागिता जनाएका छन् । उनले मत मात्रै मागेनन जनतालाई विकासको आश्वासन समेत देखाएका छन् ।
निर्वाचनमा हार हुन्छकी भन्ने डरले नेकपा अध्यक्ष दाहाल आईतवार देखिनै चितवन आएर वसेका हुन । दाहाल मंगलवबार मात्रै काठमाडौं फर्कने कार्यक्रम रहेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचको एकता भएको भए पनि एकताले ढिलो सार्थकता पाउँदा नेकपामा उम्मेदवारलाई केहि समस्या देखिएको छ । महानगरमा अध्यक्षको छोरी नेकपा महानगर ईन्चार्जको नेतृत्वले समेत जनताको अपेक्षा अनुसार काम गर्न नसकेको जनमानसमा कुरा उठेकाले पनि नेकपालाई केहि धक्का लाग्ने हो की भन्ने देखिन्छ ।
नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरुनै निर्वाचनको आकलन गर्दै भन्छन् “जसको जित भए पनि दुई अंकको मात्र फरक पर्छ । तिन अंकमा पुग्न कठिन छ ।” नेपाली काँग्रेसका उम्मेदवार लोकप्रिय भएको भए पनि पार्टी एकताका कारण नेकपाकै जित हुने उनीहरुको विश्वास रहेको छ । यहि विश्वासलाई वलियो वनाउनका लागि केन्द्रिय अध्यक्ष समेत चितवन आएका हुन ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समेत निर्वाचन वाध्यतामा गर्नु परेको बताउनु भयो । उहाँको भनाईबाट पनि वडा नम्वर १६ मा हुने निर्वाचन दुवै पार्टीका लागि सकस रहेको छ ।
यता काङ्ग्रेस भने नेकपाको नेतृत्वमा रहेको तीन तहको सरकारले काम गर्न नसकेको भन्दै आफुले जित हाँशिल गर्ने विश्वासमा रहेको छ । काँग्रेसका नेता तथा कार्यत्रकताहरु अहिले मत माग्न घरघरमा पुगेका छन् । यस क्षेत्रको बिकास संगै नेकपाको दम्भ तोड्ने दाउमा काँग्रेस रहेको छ । पहिलो पटक भएको निर्वाचनमा समेत झिनो मतअन्तरले पराजित भएका युवा नेता अमृत हमाललाई काँग्रेसले अघि सारे संगै यस वडामा निर्वाचनको रौनकनै परिवर्तन भएको हो ।