चितवनः केन्द्रिय अनुसन्धान व्यूरोले चितवनका एक युवालाई सरकारी छाप किर्ते गरेको अभियोगमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी नगरपालिका घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्वर १६ माछापोखरी बस्ने २६ वर्षिय छविलाल तामाङ् रहेका छन् ।

उनलाई व्यूरोको टोलिले सरकारी छाप दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ गरेको हो । यातायात व्यवस्था कार्यालय विरगञ्जको छाप र दस्तखत कृर्ते गरेको अभियोगमा उनलाई अदालतले १ वर्ष कैद सजाय सुनाएको थियो । तामाङलाई गत बिहिबार रातोपुल काठमाडौंबाट पक्राउ गरिएको थियो । पक्राउ पछि उनलाई शुक्रबार काठमाडौं जिल्ला अदालतको २०७६फरार मार्फत कारागार कार्यालय सुन्धारा पठाईएको व्यूरोका प्रबक्ता प्रहरी उपरिक्षक वेल वहादुर पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार तामाङ सहितको संलग्नतामा यातायात व्यवस्था कार्यालय विरगञ्जको छाप र शाखा अधिकृतको दस्तखत किर्ते गरी मोटरसाईकल नम्बर र ब्लुबुक नक्कली बनाएको आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस !