चितवनः नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले खासै काम गर्न नसकेको आरोप लगाउनु भएको छ । नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका वडा नम्वर १६ ले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले दुई तिहाईको वलियो सरकार हुँदा पनि जन अपेक्षा अनुसारको काम हुन नसकेको वताउनुभएको हो ।
उहाँले भन्नुभयो “अहिलेको सरकार राजनिति, विदेश निति र विकासका काममा असफल भएको छ । यसवाट अपेक्षा गर्नु गलत सावित भएको छ ।” सभालाई सम्बोधन गर्दै उहाँले अहिलेको उप निर्वाचन काँग्रेसका लागि र जनताका लागि उपयुक्त समय रहेको वताउनुभएको थियो । कार्यक्रममा बोल्दै निधिले पार्टी भित्र कुनै समस्या नरहेको वताउनु भएको छ । उप निर्वाचन संगै पार्टीभित्रको आन्तरिक कलह अन्त्य भएकाले निर्वाचनमा होमीन आग्रह गर्नु भएको हो ।
हरेक निर्णयहरु सहमतिका साथ भएको वताउँदै उहाँले यस एकताले निर्वाचनमा मात्रै नभएर समग्र पार्टीलाई नै वलियो वनाउने विश्वास व्यक्त गर्नुभयो । नेपालमा भएको हरेक परिवर्तनको नेतृत्व काङ्ग्रेसले गरेको भन्दै परिवर्तन संस्थागत गर्नका लागि काङ्ग्रेसकै नेतृत्व आवश्यक पर्ने वताउनुभयो ।
गएको निर्वाचनमा काङ्ग्रेसको हारका कारण खोज्नु भन्दा अहिले एक भएर लाग्नु आवश्यक रहेको उहाँको भनाई थियो । अहिलेको सरकारले जनताको हितमा काम गर्न नसकेको भन्दै उहाँले अव जनताको पक्षमा काम गर्ने जिम्मेवारी काङ्ग्रेसको रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, निवर्तमान सभापति टेक प्रसाद गुरुङ्, काङ्ग्रेसका तर्फवाट वडा अध्यक्षका उम्मेदवार अमृतराज हमाल, स्थानीय कपिल आले, सुदन पौडेल लगाएतले वोल्नुभएको थियो ।
नेपाली काङ्ग्रेसका वडा सभापति राम वहादुर वस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा पार्टी परित्याग गरी विभिन्न व्यक्तिले पार्टी प्रबेश गरेका थिए भने अग्रजहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !