चितवनः भरतपुर महानगरपालिका वडा नम्वर ५ कैलाशनगरमा रहेको कलेजको परिसरमा आज दिउँसो बेबारिसे पेस्तोल भेटिएको छ । बढि लिएको शुल्क फिर्ता गर्नुपर्ने भन्दै विद्यार्थी र अभिभावक आन्दोलित भए पछि पठनपाठन ठप्प भएको यहाँको चितवन मेडीकल कलेज परिसरमा बेबारिसे अवस्थामा पेस्तोल र गोली फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दानवहादुर मल्लका अनुसार अमेरीकामा निर्मित नाईन एमएम को अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली फेला परेको हो । त्यस संगै थ्रि नट थ्रिको सात राउण्ड खालि खोका, थ्रि नट थ्रिको एक राउण्ड गोली र दुई राउण्ड नाईन एमएमको गोली वरामत गरिएको उहाँले जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय गितानगरले दिएको जानकारी अनुसार आज दिउँसो ३ ः ३० वजे पेस्तोल सहितका गोली भेटाएको हो । कलेजको सुरक्षा गार्डले पेस्तोल भेटिएको जानकारी प्रहरीलाई गराएको थियो । मल्लले पेस्तोल र गोलीका विषयमा अध्ययन सुरु गरिएको वताउनुभयो ।
कलेजले शुल्क वढि लिएको भन्दै फिर्ता गर्न विद्यार्थीले माग संगै आन्दोलन गरे पछि भदौ ५ गतेबाट कलेजको पठनपाठन प्रभावित भएको छ । दशैं पछि एक साता पढाई भए पनि सो पश्चात शैक्षिक कार्यक्रम ठप्प रहेको छ । यध्यपि आवास भने खुल्ला रहेको कलेजले जनाएको छ । कलेज परिसरमै आवास रहेको छ । आवास नजिकै पेस्तोल र गोली फेला परेको हो । आवासमा दुई सय विद्यार्थी वसोवास गर्छन ।

प्रतिक्रिया दिनुहोस !