चितवनः नेपाली कांग्रेसका नेता तथा पार्टी प्रवक्ता बिश्व प्रकाश शर्माले बर्तमान सरकार जनताको चाहाना र मर्म बिपरित चल्न खोजेको आरोप लगाउनु भएको छ । चितवनको खैरहनीमा भएको उपनिर्बाचनको चुनाबि सभालाई संबोधन गर्दै बर्तमान सरकारले जनतामा महङ्गी र करको भार थुपारेको बताउनु भयो । खैरहनी नगरपालिका वडा नम्बर ४ मा वडा अध्यक्षको लागि हुने उप निर्बाचनको कार्यक्रम मार्फत प्रवक्ता शर्माले शान्ति सुरक्षा देखि जन्ताको चुलो बाल्ने कुरामा सरकार गम्भिर नभएको उल्लेख गर्नू भयो । उहाँले सरकारले पटक पटक जनतालाई झुक्काउने देखि लिएर जनमतको अपमान गर्दै आएको भन्दै अब जनमतलाई नेपाली कांग्रेसले मात्रै कदर गर्न सक्ने बताउनु भयो ।

खैरहनी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षका उम्मेद्धार देब बहादु बस्नेतको पक्षमा मत माग्न नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्रीहरु डीना उपाध्याय, सरिता प्रसाई, शेषनाथ अधिकारी, नेपाली कांग्रेसका पार्टी सभापति जीतनारायण श्रेष्ठ लगाएका ब्यक्तिहरुको उपस्थित रहेको थियो ।

आज भएको आम सभा कार्यक्रममा अन्य पार्टी परित्याग गरि ५० भन्दा बढी नेपाली कांग्रेसमा प्रबेस गरेका थिए । कार्यक्रममा वडा अध्यक्षका उम्मेद्धारा बस्नेतले वडाको बिकशमा कृषि सडक देखि आय आर्जनकालागि दिर्घकालिन योजना अगाडि बडाएर काम गर्ने बताए । उनले आँफु कार्यबाहक वडा अध्यक्षको रुपमा काम गरिसकेकोले जनताको भावना अनुसार काम गर्न सक्ने बताए ।

आगामी मंसिर १४ मा हुने उपनिर्बाचनकोलागि चितवनका तीन वटा वडामा वडा अध्यक्षकोलागि निर्बाचन हुदै छ । भरतपुर महानगरपालिका १६, खैरहनी ४ र ५ मा हुने उपनिर्बाचनमा नेपाली कांग्रेस र नेकपाको कडा प्रतिस्प्रधा हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस !