
चितवनः उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले मन्त्रालयहरु एकद्धार नीति मार्फत अगाडी वढ्नु पर्ने वताउनु भएको छ । चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा आज देखि सुरु भएको चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७६ को उद्घाटन गर्नुहुँदै उहाँले मन्त्रालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई एउटै मन्त्रालयमा सेवा दिने गरि काम गर्नु आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “एक मन्त्रालयले अर्को मन्त्रालय संग सहकार्य गरेर छिटोभन्दा छिटो सेवा दिने व्यवस्था मिलाउनु आवश्यक छ ।”
आयात रोकेर निर्यात मुखि उत्पादन गर्न आवश्यक रहेको उहाँको भनाई थियो । मन्त्री भट्टले जनताले काम गर्न जाँदा मन्त्री र सचिव संग सिधा सम्पर्क हुने गरी काम गर्नु आवश्यक रहेको वताउनुभयो ।
कृषि क्षेत्रलाई औद्योगिकरण र व्यवसायीक रुपमा अघि वढाउन भूगोल अनुसारको प्रविधि जोड्नु आवश्यक रहेको उहाँको भनाई थियो । वन्द रहेका उद्योगहरुलाई संञ्चालन गर्न सरकारले गृहकार्य सुरु गरेको उहाँको भनाई थियो ।
अहिले व्यवसायीहरुको समस्या जटिल वन्दै गएको भन्दै उहाँले उद्योग स्थापना गर्दा देखिने सामाजिक समस्या समाधान गर्न आवश्यक रहेको बताउनुभयो । यसका लागि उर्जावान शक्ति वाहिर जानुले देशमा कृषि क्षेत्रको विकास हुन नसकेको उहाँको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्र वहादुर श्रेष्ठले कृषि बाँच्ने आधार नभएर सभ्यता भएको वताउनुभयो । कृषिलाई औद्योगिक, व्यवसायीक र यान्त्रीकिकरण गर्न आवश्यक रहेको उहाँले भनाई थियो । सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, कृषि तथा वन विज्ञान विश्व विद्यालयका कृषि संकायका डिन जयप्रकाश दत्त, कृषि विभागका निमित्त महानिर्देशक सावित्रि वराल, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्रमुख डा. रेवतिरवण पौडेल, नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भु कृष्ण श्रेष्ठ लगाएतले वोल्नु भएको थियो ।
कृषि तथा पशुपन्छी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्दन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश नम्वर तीनको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी गरीएको हो ।
मङ्सिर ९ गते सम्म संञ्चालन हुने सो प्रदर्शनीमा एक सय भन्दा वढि स्टलहरु रहेका छन् । रु १० करोड भन्दा वढि कारोवार हुने लक्ष्य रहेको सो प्रदर्शनीमा २० देशका २ हजार भन्दा वढि प्रकारका कृषि औजारहरु राखिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा ७० जिल्लाका ३५ हजार भन्दा वढि कृषकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।