
चितवनः उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको विकासका लागि सरकार लाग्ने वताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्नुहुँदै उहाँले औद्योगिक क्षेत्रको विकास विना सम्वृद्धि सम्भव नभएको वताउनु भएको हो ।
उहाँले औद्योगिक क्षेत्रको बिकासका लागि योजनावद्ध रुपमा अघि वढ्ने वताउनुभएको छ । मन्त्री भट्टले देशभर रहेका प्रस्ताबित औद्योगिक क्षेत्र र बिषेश आर्थिक क्षेत्रलाई कार्यान्वयनमा लैजानका लागि ठोस योजना वनाएर अघि वढ्ने वताउनुभएको हो ।
मन्त्री भट्टले औद्योगिक क्षेत्रको विकास र विस्तारका लागि वातावरण वनाउन सरकार लाग्ने वताउनुभयो । उहाँले भन्नुभयो “उद्योगीहरुले वातावरण वनेको छैन भनेका छन् । मैले हिजोनै उहाँहरुलाई वातावरण तयार गर्न के गर्नु पर्छ ल्याउनुस् भनेको छु । उहाँहरुको सल्लाहा सुझाब आए संगै सोही अनुसार काम गर्नेछु ।”
उद्योग र श्रमीकका विचमा देखिएका समस्या समाधान गर्दै उद्योगहरुको सुरक्षाका लागि आफुले पहल गर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “उद्योगका समस्या र श्रमीकका समस्या समाधान नभए सम्म उद्योगहरु दिगो रुपमा चल्न सक्दैनन् ।” अहिले आँफुले मन्त्रालयका समस्याका बिषयमा बुझ्ने काम गरेको भन्दै उहाँले केहि दिन पछि कसरी अगाडी वढ्ने योजना वनाउने बताउनुभयो ।
मन्त्री भट्ट चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ को उद्घाटन गर्न यहाँ आउनु भएको हो ।