चितवनः साविक चित्रवन सर्वपक्षिय सरोकार समाजले नेपालको भूभाग भारतको नक्सामा पारिएको विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत आज प्रधानमन्त्री तथा नेपाल सरकारलाई ज्ञापनपत्र वुझाएको हो ।
समाजका संयोजक तोपमान सिंह गुरुङ्ले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालकोनै भएको तर भारतले आफ्नो नक्सामा राखेको प्रति आफुहरुको ध्यान केन्द्रित भएको वताउनुभयो । नेपालको ३ सय ७४ हेक्टर क्षेत्रफल जमिन भारतले आफ्नो नक्सामा हाल्दा पनि सरकारले त्यस विषयमा चनाखो रुपमा काम गर्न नसकेको ज्ञापनपत्रमा उल्लेख छ ।
समितिले नेपाली भूमिमा भारतिय सेना हटाई सीमा विवादको दिगो रुपमा समाधान खोज्न नेपाल सरकारलाई आग्रह समेत गरेको छ ।