चितवनः सहिद स्मृत वहुमुखि क्याम्पस रत्ननगरको क्याम्पस सभावाट रामबाबु घिमिरे संञ्चालक समितिको अध्यक्षमा सर्वसहमत रुपमा चयन हुनु भएको छ ।
लामो समय देखि क्याम्पसको अध्यक्ष नहुदा समस्यामा रहेको क्याम्पसमा जिल्लाका राजनैतिक दलहरुले सर्वसहमत रुपमा नेतृत्व चयन गरेका हुन ।

क्यम्पस सभाबाट अध्यक्ष नवन्दा विद्यार्थीहरु लामो समय देखि समस्यालाई लिएर आन्दोलित वनेका थिए । कार्यक्रममा जिल्लाका राजनैतिक दलहरुले यस क्याम्पसलाई देशकै नमुना क्याम्पस वनाउने अठोट समेत गरेका छन् । क्याम्पसिका प्रमुख राधा वालिकाले दिएको जानकारी अनुसार नेकपा र नेपाली काँग्रेसले मिलेर नमुना क्याम्पस वनाउने अठोट गरेको जानकारी दिनुभयो ।
क्याम्पसका नवनियुक्त अध्यक्ष रामवहादुर घिमिरेले सवै दल संग सहकार्य गरेर क्याम्पसको विकास र स्तरोन्नतीका दलागि लागि पर्ने प्रतिवधता व्यक्त गनुभएको छ । कार्यक्रम क्याम्पसका जेष्ठ सदस्य तिलक वहादुर थापको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !