
चितवनः नेपाल पत्रकार महासंघ चितवन शाखाका सहसचिव शन्तकुमार चौधरीलाई मातृ शोक परेको छ । उहाँकी ७३ वर्षिय माता पकुली चौधरीको आज दिउँसो १२ वजे निधन भएको छ ।
विगत ६ महिना देखि मृगौला रोगको कारण विरामी हुनु भएकी चौधरीको घरमानै निधन भएको हो । उहाँको दुई छोरा र चार छोरीरहनु भएको छ । दुई छोरा मध्य कान्छा छोरा शन्तकुमार विगत लामो समय देखि चितवनमा क्रियाशिल पत्रकारीता गर्दै आउनु भएको छ । अहिले जनता टेलिभिजनको चितवन सम्वादाताको रुपमा काम गर्दै आउनु भएको छ ।
मृर्तक चौधरीको अन्तिम संस्कार भोलि दिउँसो क्रिशियन धर्म संस्कार अनुसार गरिने छोरा शन्तले जानकारी दिनुभयो ।