चितवनः आन्तरिक राजस्व कार्यालय भरतपुरले आठौं राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा आज यहाँ प्रभात फेरी कार्यक्रम सम्पन्न गरेको छ । नारायणगढ स्थित उद्योग बाणीज्य संघ चितवनको कार्यालयवाट सुरु भएको प्रभातफेरी राजस्व कार्यालयमा आएर सभामा परिणत भएको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले कर तिर्नु सचेत नागरिकको कर्तव्य भएकाले ईमान्दारीता पूर्वक कर वुझाउन र यस कार्यमा सहयोग पुर्याउन सवैमा आग्रह गर्नुभयो । कार्यक्रममा उद्योग वाणीज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडी, च्याम्वर अफ कमर्श चितवनका अध्यक्ष दिर्घमान श्रेष्ठ, अडानका केन्द्रिय सल्लाहाकार सुर्य अधिकारी लगाएतले वोल्नुभएको थियो ।
आन्तरिक राजस्व कार्यालयका प्रमुख शुभ प्रसाद रिजालले हाल सम्म रु १० अर्व ५१ करोड कर संकलन भएको र यस वर्षको लक्ष्य रु ४३ अर्व ३८ करोड रहेको भन्दै संकलनमा सहयोग पुर्याउन सवैमा आग्रह गर्नुभयो ।
चितवन जिल्ला र दाउन्ने पूर्वको नवलपुर जिल्ला हेर्दै आएको कर कार्यालयमा हाल सम्म १ लाख ३२ हजार ३ सय २६ करदाता रहेका छन् । जस मध्ये व्यक्तिगत स्थायी लेखा नम्वर लिने ७० हजार ४ सय ५९ र व्यवसायीक स्थायी लेखा नम्वर लिने ६१ हजार ८ सय ६७ रहेका छन् ।
कार्यालयले कर सप्ताहका अवसरमा उद्योग वाणीज्य संघ चितवन, ईच्छाकामना, पदमपुर, गैडाकोट र उद्योग संघ चितवन संघ सहकार्य गरेर करदाता शिक्षा कार्यक्रम गर्ने रिजालले जानकारी दिनुभयो ।