गैडाकोटः गैडाकोटमा रहेको शाईनिङ् आवासीय माध्यामिक विद्यालयले रजत वर्ष विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएको छ । विद्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरि रजत वर्षका कार्यक्रमहरु सार्वजनीक गरेको हो ।
वि.सं. २०५१ सालमा पाँच जना शिक्षक र ४० जना विद्यार्थी लिएर स्थापना भएको यस विद्यालयले आफ्नो रजत वर्षको उपलक्ष्यमा मंसिर २ गते पूर्व विद्यार्थीहरु संगको वैठक, ४ गते कविता वाचन तथा पत्रकार र स्रष्टा सम्मान, ८ देखि १० गते सम्म आन्तरिक खेलकुद प्रतियोगिता, ११ गते देखि १३ गते सम्म अतिरिक्त क्रियाकलाप, १५ गते शिक्षामा शाईनिङको भूमिका विषयक अन्तरक्रिया, १८ गते भूपू विद्यार्थीहरु विच अन्तरक्रिया तथा सम्मान कार्यक्रम रहेको छ ।
यस्तै २० गते अभिभावकको सुझाव संकलन, २१ गते पूर्व विद्यार्थी सम्मेलन, २३ गते शैक्षिक विकासका लागि लैंगिकतामा आधारित हिंसा न्यूनिकरण र मानव अधिकार विषयक अन्तरक्रिया, २४ गते दन्त शिविर, २५ गते आँखा शिविर, २६ गते स्वास्थ्य परिक्षण, २७ गते शिक्षक कर्मचारी विच खेलकुद प्रतियोगिता, २८ गते खुल्ला भजन प्रतियोगिता तथा ज्येष्ठ अभिभावक सम्मान, २९ गते लागु पदार्थ दुव्र्यसन नियन्त्रर्णमा समाजको भुमिका विषयक बक्तृत्वकला, ३० गते समुदायमा सरसफाई र्यालि रहको छ । पौष २ गते अन्तर विद्यालय स्तरीय जंक आर्ट प्रतियोगिता, ४ गते अभिभावकहरु विच हाजिरीजवाफ तथा म्युजिकल चेयर एवं विविध प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम र ८ गते रजत वर्ष समापन समारोह रहेको पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य लक्ष्मीप्रसाद दवाडीले जानकारी दिनुभयो ।
सवै कक्षामा मल्टी मिडिया प्रणाली अनुसार अध्यापन गराईने यस विद्यालयमा विज्ञान, कम्युटर एवं होटल व्यवस्थापनका लागि अत्याधुनिक प्रयोगशाला, कक्षा ३ देखि १२ सम्म प्रयोगात्मक कक्षा सहित कम्युटर विषयको अध्यापन हुने गरेको विद्यालयका संस्थापक ईन्दिरा चापागाईले जानकारी दिनुभयो ।
विद्यालयमा अहिले कक्षा १२ सम्म विभिन्न संकायमा गरी १ हजार १ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् । यस विद्यालयमा व्यवस्थापन, शिक्षा, मानविकी र विज्ञान संकायको पठनपाठन हुँदै आएको छ । हरेक वर्ष एस ईईमा यस विद्यालयले उत्कृष्ठ अंक ल्याउँदै आएको सो अवसरमा जानकारी दिईएको थियो ।