
चितवनः अस्थाई प्रहरी चौकीबाट हाम फालेर नेपाली सेनका जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ईच्छाकामना गाउँपालिका वडा नम्वर ३ फिस्लिङ्मा रहेको अस्थायी प्रहरी चौकीको बरण्डावाट हाम फालेर भाग्ने क्रममा आज विहान ईच्छाकामना गाउँपालिका वडा नम्वर ५ घर भएका २८ वर्षिय राम कडेलको मृत्यु भएको हो ।
कंडेल नेपाली सेनाको वर्दवहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए । घर विदामा आएको समयमा मादक पदार्थ सेवन गरि प्रहरी संग भनाभन परे पछि उनलाई आजै विहान प्रहरीले पक्राउ गरेको थियो । ईच्छाकामना मेला भरेर विहान सवेरै फर्कने क्रममा महिलाहरु माथि दुव्र्यवहार गर्न खोजेपछि सम्झाएका प्रहरी संग भनाभन भए पछि उनलाई नियन्त्रणमा लिईएको थियो । चौकीका एक प्रहरी शौच गर्न गएका समयमा अर्का प्रहरीलाई धकेलेर उनी हाम फालेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चौकी भवनको बरण्डावाट भाग्ने क्रममा हाम फाल्दा उनी गम्भिर घाईते भएका थिए । घाईते कंडेलको उपचारका क्रममा आज विहान ८ः ४० वजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दानवहादुर मल्लका अनुसार घटनाको अनुसन्धानका लागि दुई जना प्रहरीलाई नियन्त्रणमा लिईएको छ । कडेल विहान ७ः३० वजे बरण्डावाट हाम फालेका थिए ।
कंडेलको मृत्यु संगै स्थानीयले सडक वन्द गराएका छन् । दोशीलाई कारवाहि गरी कानुनी दायरामा ल्याउन माग गर्दै स्थानीयले र्पथवी राजमार्ग वन्द गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।