चितवनः भरतपुर महानगरपालिका वडा नम्वर २९ सत्रकिलोमा दुईवटा मोटरसाईकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्सा जिल्ला जितपुर बस्ने ३२ वर्षिय बैजनाथ चौधरीको रहेका छन् ।
ठक्करवाट घाईते चौधरीको उपचारका क्रममा पुरानो मेडीकल कलेजमा मृत्यु भएको हो । मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको ग १७ प ४५६४ नम्वरको मोटरसाईकल र बिपरित दिशा तर्फ जाँदै बा ५३प १६५० नम्वरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा बा ५३ प १६५० नम्वरको मोटरसाईकल चालक चौधरीको मृत्यु भएको हो ।
ग १७प ४५६४ नम्वरको मोटरसाइृकल चालक कास्की पोखरा महानगरपालिका वडानम्वर १५ बस्ने २१ वर्षिय सन्तोष ठकुरी र पछाडी सवार २० वर्षिय रमेश बि.क. घाईते भएको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले जानकारी दिनुभयो । घाईते दुईवै जनाको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ । ठक्कर खाने मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको र घाईते उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।