
चितवनः संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले भरतपुरको विमानस्थलको स्तर उन्नतीका लागि काम तिव्र गतिमा अघि वढेको वताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्नु हुँदै उहाँले विमानस्थलको स्तर उन्नतीका लागि मन्त्रालयका सह सचिव वुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति गठन गरि काम भईरहेको बताउनुभयोे । नेपाली सेना, विमानस्थल, भरतपुर महानगरपालिका र सरोकारवालाहरुको सहभागितामा गठित समितिले यस विषयमा छलफल गरिरहेको उहाँको भनाई थियो ।
नेपाली सेनलाई वैकल्पिक स्थानको प्रवन्ध भए संगै प्रकृया सुरु हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “सेना तयार छ । उचित स्थान तयभए संगै उहाँहरु सर्नुहुन्छ । अनि काम सुरु हुन्छ ।”विमानस्थलको स्तर उन्नती संगै यस क्षेत्रमा वनेका संरचनाहरु मापदण्डमा झारिने उहाँको भनाई थियो । उहाँले थप्नुभयो “वन्दै गरेका संरचनाहरु मादण्ड अनुसार वन्नुपर्यो । वनिसकेकाहरु पुनसंरचना हुनु पर्यो ।”
फरक प्रसंगमा वोल्दै मन्त्री भट्टराईले भ्रमण वर्षको सुरुवातमा नयाँ हिमाल आरोहणका लासग खुल्ला गरिने वताउनुभएको छ । अहिले सम्म आरोहणका लागि नखोलिएका हिमालहरुलाई आरोहणका लागि खुल्ला गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
भ्रमण वर्ष सन २०२० लाई लक्षित गर्दै सरकारले आफ्ना माताहतका निकायहरुलाई तयारी सुरु गर्न निर्देशन दिएको जानकारी गराउँदै उहाँले भन्नुभयो “भ्रमण वर्षको तयारी तिव्र पारिएको छ । देश भित्र र देश वाहिर सवैतिर तयारीका लागि पत्राचार समेत गरिसकीएको छ ।”४० वटा देशमा रहेका दुतावास मार्फत काम भईरहेको उहाँले जानकारी दिनुभयो ।
भ्रमण वर्षका अवसरमा पर्यटकीय क्षेत्रहरुमा सरसफाई गर्ने, व्यवसायीहरु वाट आकर्षक कार्यक्रमहरु घोषणा गर्ने, पाहुनाको सत्कारका लागि जागरण पैदा गर्ने लगाएतका कामहरु भईरहेको उहाँले वताउनुभयो । हिमाल आरोहणका लागि आउने पर्यटकहरुका लागि सरकारले विमा अनिवार्य गराउने, उद्धारका लागि सहज वनाउने, पथ पर्थशक अनिवार्य लियर हिड्नुपर्ने जस्ता नियम वनाएको उहाँले जानकारी दिनुभयो ।
सरकारले भ्रमण वर्ष आयोजक समिति गठन गरि कामलाई तिव्रता दिएको उहाँको भनाई थियो । सन २०२० को जनवारीमा सात प्रदेश र केन्द्रमा भव्य रुपमा कार्यक्रमको उद्घाटन हुने र विदेशमा रहेका दुतावासहरुमा जनवरी सात तारीखमा गर्ने तयारीका साथ सरकार अघि वढेको मन्त्री भट्टराईले जानकारी दिनुभयो ।