चितवनः भरतपुर महानगरपालिका वडा नम्वर १ रामनगरमा शुक्रवार राती मोटरसाईकल अनियन्त्रीत भई पल्टिदाँ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षिय डिल्लीराम गौतम रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रामनगरवाट ठिमुरातर्फ जाँदै गरेको ना १५ प ५१४१ नम्वरको मोटरसाईकल अनियन्त्रीत भई पल्टिएको थियो । मोटरसाईकल पल्टिएपछि घाईते गौतमको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना राति १२ वजे भएको थियो ।

प्रतिक्रिया दिनुहोस !