चितवनः नेपाली काँग्रेस चितवनले भरतपुर महानगरपालिका वडा नम्वर १६ मा आगामी मंसिर १४ गते हुन लागेको उप निर्वाचनका लागि प्रचार प्रसार समितिको सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । काँग्रेस चितवनका निवर्तमान सभापति टेक प्रसाद गुरुङ्ले कार्यालयको एक समारोहका विच उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा वोल्दै काँग्रेसका नेताहरुले निर्वाचनमा काँग्रेसलाई मतदान किन भन्ने विषयमा प्रकाश पार्नुभएको थियो । पछिल्लो समय सरकारको दुईतिहाईको दम्भ र स्थानीय तहमा भएको वेथिति रोक्नका लागि काँग्रेसका उम्मेदवारले निर्वाचन जित्नु आवश्यक रहेको सो अवसरमा वताईएको थियो । कार्यक्रममा वोल्दै निवर्तमान सभापति गुरुङ्ले काँग्रेसले उठाएको उम्मेदवार अमृतराज हमाल शालिन, भद्र र युवा भएकाले सवैको रोजाइृमा पर्ने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा वोल्दै नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीले स्थानीय तहमा निर्वाचनको समयमा देखाईएका आश्वासन पुरा हुन नसकेको, करमा अस्वभाविक रुपमा वृद्धि गरीएको, जनतामा नैरास्यता छाउँदै गएको समयमा काँग्रेसका उम्मेदवारले जित हाँसिल गर्नु आवश्यक रहेको वताउनु भयो ।
नेपाली काँग्रेसका वडा सभापति यमवहादुर गुरुङ्को अध्यक्षमा सम्पन्न कार्यक्रममा काँग्रेसका नेताहरु पूर्ण गुरुङ्, सुरविर पोख्रेल, दिपक अधिकारी, प्रदेश क्षेत्र नम्वर ३ क का क्षेत्रीय सभापति अमृत वानीया, काँग्रेस नेता राजेश्वर खनाल, गोपाल दराई र सम्भू अर्याल लगाएतले वोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !