झापा । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले बेइजिङ्गमा लिपुलेकमा अन्तर्राष्ट्रिय व्यापार मार्ग खोल्ने भारत र चीनका प्रधानमन्त्रीले गरेको सहमतिका बारेमा पनि नेपालले बोल्नुपर्ने बताउनुभएको छ ।  नेपाली कांग्रेस झापाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै वरिष्ठ नेता पौडेलले लिपुलेख त्रिदेशीय सिमानामा पर्ने नेपाली भूमी भएकाले नेपालको समेत सहभागिताका सो सहमति हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो –‘लिपुलेकमा अन्तराष्ट्रिय व्यापार मार्ग खोल्ने विषयमा नेपालको समेत सहभागिता हुनुपर्ने हो । तर नेपाललाई बाहिर राखेको विषयमा पनि कुरा गर्नुपर्छ ।’ पौडेलले दुईतिहाईको सरकार अनि प्रतिपक्षको साथ भएको बेलामा सरकारले कुटनीतिक पहल गरेर सिमा विवाद समाधान गर्न नसके कम्युनिष्टहरुले राष्ट्रवादको नारा लगाउन छोड्नुपर्ने बताउनुभयो ।

उहाँले अहिले जस्तो उपयुक्त मौका सिमा विवादको अन्त्य गर्ने विषयले प्रधानमन्त्री केपी ओलीको गफ र काम के हो भन्ने छुटिने बताउनुभयो। पौडेलले सरकारले जनताका आवश्यक के हुन भन्ने विषयलाई छुटायाउन नसकेको बताउनुभयो  । पौडेलले भने–‘सरकारले जनताका आवश्यकता खुट्याउन सकेन । जनतालाई खानेपानी चाहिएको छ । प्रधानमन्त्री पानी जहाजको कुरा गर्नुहुन्छ । जनतालाई सडक चाहिएको छ । तर सरकार रेल ल्याउने कुरा गर्छ ।’ वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस जे बोल्छ त्यही गर्छ तर कम्युनिष्टहरु जे बोल्छन त्यो गर्नै सक्दैनन् । पौडेलले कम्युनिष्ट नेताहरुको दैनिकी कांग्रेसले बनाउन सुरु गरेको संरचनाको उदघाटन गर्न जाने अनि फोटो खिच्ने र कांग्रेसलाई गाली गर्ने मात्र भएको बताए । उहाँले भन्नुभयो–‘अहिलेको सरकारले कुनै नयाँ र ठुला योजना संचालन गर्न सकेको छैन् । कांग्रेस सरकारका पालामा काम सुरु भएका संरचनाको उदघाटन गर्ने , फोटो खिच्ने अनि कांग्रेसले केहि गरेन भनेर गाली गर्ने काम कम्युनिष्ट नेताहरुको दैनिकी जस्तै भएको छ ।’ वरिष्ठ नेता पौडेलले कांग्रेस कार्यकर्ताले आफुलाई जनतासंग जोडेर कम्युनिष्टहरुको गरेको राज्यशक्तिको दुरुपयोग रोक्नुपर्ने बताउनुभयो ।

पौडेलले राजनीतिमा गुटबन्दी स्वभाविक भएपनि गुटबन्दी व्यवस्थापन गर्न नसक्दा कांग्रेस कमजोर भएको बर्ता । उनले राजनीतिमा गुटबन्दी सत्ययुगदेखि नै भएको बताउदै तटस्थ बस्ने कार्यकर्ता आफुलाई असुरक्षित भएको महशुस  गरि गुटमा लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘तटस्थ कार्यकर्ता आफुलाई असुरक्षित महशुस गरि गुटमा लाग्छ । तर नेतृत्वले व्यवस्थापन गर्दा आम कार्यकर्तालाई असुरक्षित महसुश हुन दिनु हुँदैन् । गुटको व्यवस्थापन भनेको यही हो । कांग्रेसको यो हुन सकेको छैन् ।’

प्रतिक्रिया दिनुहोस !