चितवनः आन्तरिक राजस्व बिभागको आयोजना एवं आन्तरिक राजस्व कार्यालय भरतपुरको संयोजनमा शुक्रवार नारायणीकला मन्दिरमा सिस्नुपानी नेपालले हास्यव्यङ्य प्रस्तुतिकरण गर्ने भएको छ । कर सचेतनाका लागि देशव्यापी कर मैत्री यात्रा अन्तर्गत यहाँ कार्यक्रम गर्न लागिएको हो ।
कार्यालयका प्रमुख शुभप्रसाद रिजालका अनुसार कार्यक्रममा जनप्रतिनिधि, उद्योगवाणीज्य संघ, उद्योग संघ, च्याम्वर अफ कमर्शका प्रतिनिधि संगै कार्यालयका प्रमुखहरुको उपस्थिति रहने छ । दिउँसो दुई वजे सुरु हुने हास्यव्यङ्य कार्यक्रममा कर तिर्न र सदुपयोग गर्न कलाकारहरुले प्रेरणा दिनेछन् ।
हास्य व्यङयको माध्ययमबाट भ्रष्टचारको कडा आलोचक खबरदारी बनेर जनमानसमा लोकप्रिय बनेको संस्था सिस्नुपानी नेपालको तर्फवाट मनोज गजुरेल, लक्ष्मण गाम्नागे, अर्जुन पराजुली, धीरेन्द्र प्रेमर्षि, टंक आचार्य, शिशिर योगी, सरोज घिमिरे लगायतको प्रस्तुती रहने छ । कलाकारहरुले निकै चोटीला, गहकिला र झस्काउने खालको शब्द प्रस्तुत गर्ने भएकाले कार्यक्रममा सहभागिता राम्रो हुने आयोजकको अपेक्षा रहेको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरले चितवन र दाउन्ने पूर्वको नवलपरासी क्षेत्र हेर्दै आएको छ ।
अभिनय, गित, कविता द्वारा कलाकारहरुले कर सम्बन्धी सचेतना र खबरदारी सामाग्री प्रस्तुत गर्नेछन् । सिस्नुपानी नेपालले यस अघि वनेपा, ललितपुर, विर्तामोड, विराटनगर, जनकपुर, विरगञ्ज र हेटौडामा कार्यक्रम सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस !