चितवनः चितवन प्रहरीले अबैध अत्याधुनिक पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराले स्वचालित पेस्तोल र पाँच राउण्ड गोलि सहीत २ जनालाई पक्राउ गरेको छ । कार्यालयका अनुसार पक्राउ पर्नेमा दाङ् तुल्सिपुर नगरपालिका वडा नम्वर १२ धनोवरीका ३७ वर्षिय मधुकर केसी र सल्यान रिम गाउँपालिका वडा नम्वर ५ का ३३ वर्षिय नारायण बुढाथोकी रहेका छन् ।

उनीहरुलाई राप्ती नगरपालिका वडा नम्वर ६ हर्दीवाट आज विहान २ वजे पक्राउ गरिएको हो । वा ८५ प ८०८४ नम्वरको मोटरसाईकलमा आएका उनीहरु संकास्पद रुपमा हिडिरहेको अवस्थामा गस्तिमा रहेको प्रहरी टोलिले चेकजाँच गर्दा मेडईन यूएसए लेखिएको पेस्तोल र त्यसमा लाग्ने गोलि समेत वरामत भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !