चितवनः दुई जिल्लालाई केन्द्रित गर्दै नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्वर २९ जुगेडीमा फ्युज सेवा सुरु गरिएको छ । कार्यालयको आज विद्युत प्राधिकरण प्रदेश नम्वर ३ का डिभिजन प्रमुख केदारराज शिलवालले एक समारोहका विच उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा शिलवालले विद्युत प्राधिकरणको सेवा जनताको घरदैलोमा पुर्याउने उद्देश्यले जिल्लाका ग्रामिण क्षेत्रका वासीन्दा लाभान्वीत हुने गरी सेवा सुरु गरिएको वताउनुभयो । वितरण केन्द्रका प्रमुख सुरेश कुमार महत्तोका अनुसार फ्युज सेवामा तीन जना कर्मचारी रहेर सेवा अवरोध भएको समयमा तत्काल समाधान गर्ने छन् ।
सो क्षेत्रमा समस्या हुँदा समेत भरतपुरबाट कर्मचारी जानुपर्ने वाध्यता रहेको थियो । जसका कारण सामान्य समस्या हुँदा समेत त्यस क्षेत्रका जनता लामो समय अन्धकारमा वस्नुपर्ने वाध्यता रहेको थियो । अहिले सो कार्यालय मार्फत तीन हजार सेवाग्राहीलाई सेवा दिने उहाँले जानकारी दिनुभयो । कार्यालयले भरतपुर महानगरपालिका वडा नम्वर २९, देवघाट गाउँपालिकाको वडा नम्वर ४ र ५ संगै तनहुँको आँवुखैरहनीको केही क्षेत्र हेर्ने छ ।
यस वितरण केन्द्र अन्तर्गत अहिले यो सहित पाँच वटा फ्युज सेवा संञ्चालनमा आएका छन् । निकट भविश्यमा एउटा थप गर्ने तयारीमा केन्द्र रहेको छ । अहिले यस केन्द्र मार्फत ५६ हजार सेवाग्राही रहेका छन् भने मासिक १ करोड ५० लाख युनिट विद्युत खपत हुँदै आएकोछ ।

प्रतिक्रिया दिनुहोस !