चितवनः लायन्स क्लव अफ ईन्टरनेस्नल डिष्ट्रिक्ट ३२५ वि टु को दोस्रो क्याविनेट वैठक यहि कात्तिक २९ र ३० गते गैंडाकोटमा हुने भएको छ । सोही डिष्ट्रिक्टको एरिया नम्वर ३ को आतिथ्यतामा बैठक हुन लागेको हो ।
कार्यक्रम संयोजक एरिया नम्वर ३ का चिफ एरिया कोअडीनेटर प्रकाशचन्द्र भट्टराईका अनुसार बैठकमा डिष्ट्रिक्टका चार सय लायन्स क्लवका दुई हजार हाराहारीको सहभागीता हुने छ । उनीहरुका लागि आवास, खाना लगाएत कार्यक्रमको व्यवस्थापन विभिन्न समितिहरु मार्फत गरिएको छ ।
डिष्ट्रिक्टका गभर्नर अनुप पहाडीका अनुसार वैठकमा लायन्स क्लवहरुले सेवाका क्षेत्रमा गरेका कामको अनुमोदन र भावि योजनाहरुका विषयमा एजेण्डागत रुपमा छलफल गरिने छ । आगामी दिनमा गरिने ठूला परियोजना र विगतमा भएका त्यस्ता परियोजनाहरुको विशेष समिक्षा पनि वैठकमा हुनेछ ।
डिष्ट्रिक्टका सेकेण्ड भाईस गभर्नर रामप्रसाद भट्टले दोस्रो वैठक भ्रमण वर्षको संघारमा चितवन क्षेत्रमा हुनुले यसले पर्यटन प्रवर्धनमा विशेष सहयोग पुग्ने बताउनुभयो ।
लायन्सको डिष्ट्रिक्टको एक वर्षमा चार वटा यस्ता वैठक हुन्छन् । यस अघि पहिलो वैठक काठमाडौमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस !